• बुधबार-माघ-९-२०८१

पत्याउनु हुन्छ ? जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री !

 

टोकियो, ९ माघ । टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ । 

 

वर्षौंदेखि जापानमा लोकप्रियता हासिल गरेको नयाँ वर्षको परम्परामा सुशी चेनले २०७ मिलियनमा सो माछा खरिद गरेको हो । जसको चर्चा अझै बढीरहेको छ । लगभग एक मोटरसाइकलको आकार अर्थात २७६ किलोग्रामको थियो ।


यो लगातार पाँचौं वर्ष हो कि एउटै बोलीदाताले उच्चतम बोली लगाएर यति महंगाेमा टुना माछा खरिद गरेकाे, जुन घटनाले जापान देखि विश्वभरीकाे मिडियाको ध्यान खिचिरहेको छ । ‘पहिलो टुना राम्रो भाग्य ल्याउने प्रतीक हो,’ ओनोडेराका एक अधिकारी शिन्जी नागाओले लिलामी पछि पत्रकारहरूलाई भने, ‘हाम्रो आशा छ कि मानिसहरूले यसको आनन्द लिनेछन् र नयाँ बर्ष भरी मज्जा लिनेछन्,’ नागाओले थपे । 

 

गत वर्ष ओनोडेरा समूहले यस्तै टुनाका लागि ११४ मिलियन येन खर्च गरेको थियो । समाचार अनुसार ओनोडेरा समूहले सो टुनालाई जापानभरका मिशेलिन तारांकित गिन्जा ओनोडेरा रेस्टुरेन्ट र नाडामन रेस्टुरेन्टबाट पकवानको रूपमा बितरण गरिने छ ।

 

यो कीर्तिमान बोली जापानभर सुशी जान्माई रेष्टुरेन्ट चेन चलाउने  ‘टुना किङ’ भनेर चिनिने कियोशी किमुराले लगाएका हुन । यसअघि उनले २०१९ मा  एक २७८ किलोग्राम ब्लूफिन टुनाका लागि सबैभन्दा उच्च लिलामी मूल्य ११४ मिलियन येनमा खरिद गरेका थिए ।

प्रतिकृया दिनुहोस