• मंगलबार-माघ-८-२०८१

प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

 

काठमाडौं, माघ ०८ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ । यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ ।

 

६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ७ हजार ९ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

 

२२ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो ।
 

 

प्रतिकृया दिनुहोस