काठमाडौं विश्वविद्यालय उपकुपति नियुक्ति : भाञ्जालाई काखी च्यापेपछि चर्कियाे विवाद !
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुपति नियुक्तिको विषय निकै पेचिलो बन्ने देखिएको छ । विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माले आफ्नो काबु बाहिर जान नदिने नीति लिएपछि परिस्थिति विग्रिदै गएको छ । सरकारले शर्माको नेतृत्वमा गठन गरेको छनौट समिति नै विवादित भएको छ ।
शर्माका आफन्तसमेत उपकुपतिको उम्मेदवार भएपछि विवाद बढेको छ । साथै, शर्मा आफैले उम्मेदवार बोक्न थालेपछि विश्वविद्यालयका प्राध्यापकमात्र होइन, उम्मेदवारहरु पनि रुष्ट देखिन थालेका छन् । विश्वविद्यालयको चारपटक सम्म उपकुपति भएका शर्माले आफ्नो खल्तीको प्राध्यापक वा नातेदारलाई उपकुलपति बनाउन सक्रिय देखिएका छन् ।
अबको उपकुलपतिमा भोला थापालाई निरन्तरता दिने प्रयासमा संयोजक शर्मा रहेका छन् । उनले त्यसै अनुसार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरिरहेका छन् । थापाको पक्षमा शर्मा खुलेर नै लागेपछि अन्य प्रतिस्पर्धी १५ जना भने रुष्ट भएका छन् ।
रुष्ट उम्मेदवारमात्र होइन, प्राध्यापकहरु पनि शर्माको प्रयास र गतिविधिसँग असन्तुष्ट देखिन थालेका छन् । शर्माले थापाको पक्षमा माहोल बनाउने प्रयासमा लागेसँगै भाञ्जा नविन पोखरेललाई पनि अगाडि सारेपछि असन्तुष्टि बढ्न थालेको हो ।
शर्माले थापालाई उपकुपतिमा दोहो¥याउन लाग्नुको कारण अहिलेसम्म खुलेको छैन । यद्यपी,उनले थापालाई विगतदेखि नै काँखी च्याप्दै आएका छन् । विभागीय प्रमुख, डीन, रजिष्ट्रारसहितका सबै पदमा थापालाई लगेर शर्माले अवसरमाथि अवसर दिएको चर्चा विश्वविद्यालयमा भइरहेको छ ।
विश्वविद्यालयका सबै पद प्राप्त गरेका थापालाई उपकुपति बनाउन पनि शर्माले निकै प्रयास गरेका थिए । पूर्वउपकुपति रामकण्ठ माकाजुले उपकुलपतिमा तेहेरिन खोजेका थिए । शर्माकै जोडबलमा माकाजुलाई रोकेर थापालाई उपकुपति बनाएपछि विश्वविद्यालयमा चार बर्षसम्म लफडा भएको छ । मुख्यगरी, धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयवीच विवाद भएको थियो ।
अस्पताललाई काठमाडौ विश्वविश्वविद्यालयका लागि उपलव्ध नगराउने भन्दै सम्बन्ध तोड्ने प्रयास भएको थियो । पूर्वउपकुलपति माकाजुको प्रभाव रहेको धुलिखेल अस्पतालले उक्त निर्णय लिएको अवस्थामा विश्वविद्यालयले मेडिकल शिक्षा नै सञ्चालन गर्न नपाउने अवस्था आउने थियो ।
निश्चित समय दिएर सम्बन्ध तोड्ने प्रयास अस्पतालले गरेको भएपनि विश्वविद्यालयले भने सम्बन्ध नतोड्नका लागि विशेष प्रयास गरेको थियो । तर, माकाजु र थापाको सम्बन्धमा देखिएको दरारकै कारण विवाद उत्कर्षतिर पुगेको थियो । माकाजुनिकट व्यक्तिलाई सिनेट सदस्यबाट हटाउनेदेखि विभागीय जिम्मेवारी पनि दिने खेलमा थापा लागेका थिए ।
कतिसम्म भने अहिलेको उपकुपति छनौटको कार्यविधिमा चिकित्सा क्षेत्रका प्राध्यापकलाई उम्मेदवार हुन नै नदिने खेल पनि भएको थियो । कार्यविधिमै रोकेर शर्मा र थापाले षडयन्त्र गरेको आरोप लागेको थियो ।
केही डाक्टरहरु अदालत पनि गएका थिए तर अदालतले अन्तरिम आदेश भने दिएन । त्यसो गर्नुको खास कारण नै माकाजुसँगको रीस रहेको पनि विश्वविद्यालयमा चर्चा भइरहेको छ ।
त्यसो त, अन्तिम समयमा आएर काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालवीच सम्बन्ध कायम राख्ने सहमति जुटेको छ । २०८१ माघ ४ गते शुक्रबारको सिनेटले प्रस्ताव पारित गरेको छ । बिहिबार शर्माले आफ्ना भाञ्जालाई सर्टलिष्टमा पारेको भन्दै विवाद भएको थियो । उक्त विवादित विषय सार्वजनिक भएलगत्तै थापाको पक्षमा शर्माले लविङ गरिरहेको पनि सार्वजनिक भएको थियो ।
यो एकसाथ विषय बाहिर आएपछि धुलिखेल अस्पतालसँगको विवाद पनि सहमतिमा लैजाने गरी काठमाडौं विश्वविद्यालयले निर्णय लियो । हुन त, यो निर्णय लिनका लागि काठमाडौं विश्वविद्यालयभन्दा पनि कुलपति तथा प्रधानमन्त्री केपी ओलीकै प्रयास बढी देखिएको थियो ।
कुलपति ओलीले योजना आयोगका सदस्य गीता अधिकारीको नेतृत्वमा समझदारी गराउने प्रयास भएको थियो । त्यो सहमति पनि रहस्यमय देखिएको छ । थापालाई उपकुपति बनाउन शर्माले माकाजुसँग अघोषित लेनदेन गरेको हुनसक्ने पनि बताइन्छ । त्यसको स्वतन्त्र पुष्टि नभएपनि उपकुलपतिको अन्तर्वार्ता हुने बेलामा अचानक सहमति जुट्नुलाई आश्चर्यकै रुपमा हेरिएको छ ।
त्यसो त, कतिपयले यो प्रक्रियामाथि नै प्रश्न पनि उठाएका छन् । कार्यविधिमै छनोट समितिको सदस्यको आफन्तलाई प्रक्रियामा सहभागी हुन रोक लगाएको छ । तर, शर्माले आफ्ना भाञ्जालाई सर्टलिष्टमा पारेर उपकुपतिको दाबेदारको रुपमा अगाडि सारेका छन् ।
त्यसैले, यो प्रक्रियामाथि प्रश्न उठेको थियो । त्यसमाथि धुलिखेल अस्तपालसँग भएको अघोषित लेनदेनले पनि अर्को रहस्य सिर्जना गरेको छ । त्यसैले, काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया त्रिभुवन विश्वविद्यालयको उपकुपतिमा हुने राजनीतिक खिचातानीकै चरणमा पुगेको बताइन्छ ।
दलीय राजनीतिभन्दा पनि शर्माले आफ्नो प्रभावभन्दा बाहिर विश्वविद्यलायको नेतृत्व जान नदिने गरेको चलखेलका कारणले पनि समस्या आएको टिप्पणी भइरहेको छ । शर्माले चारपटक उपकुपति भएर झन्डै २० बर्ष विश्वविद्यालयमा प्रभाव जमाएका छन् । अहिले पनि त्यसैको निरन्तरताको प्रयास भएको हो ।

प्रतिकृया दिनुहोस