• सोमबार-माघ-७-२०८१

युद्धविराम सम्झौताको विरोध गर्दै इजरायल सरकारमा सहभागी यहुदीका सुरक्षा मन्त्रीको राजीनामा

 

काठमाडौं (एजेन्सी) । इजरायलको सरकारमा सहभागी दक्षिणपन्थी यहूदी पावर पार्टीले युद्धविराम सम्झौताको विरोधमा सरकारबाट बाहिरिने घोषणा गरेको छ । यो कदमले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अत्यन्त न्यून संसदीय बहुमतको अवस्थामा छोडेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

 

आइतबार बिहान राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-गभिर, यित्जाक वासरलौफ र अमिचाई एलियाहुले प्रधानमन्त्री नेतान्याहुलाई राजीनामा पत्र बुझाएका छन् । बेन-गभिरले लामो समयदेखि युद्धविराम सम्झौताको विरोध गर्दै आएका थिए र गाजामा हमासविरुद्ध इजरायलको सैन्य अपरेशन जारी राख्न आग्रह गरेका थिए ।

 

उनले प्रधानमन्त्री नेतान्याहुलाई पठाएको राजीनामा पत्रमा सरकारलाई अस्थिर बनाउन काम नगर्ने बताएका छन् । उनले युद्धविराम सम्झौताको कडा आलोचना गर्दै यसलाई 'आतंकवादको पूर्ण विजय' भनेका छन् ।

प्रतिकृया दिनुहोस