राष्ट्रपतिद्वारा काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ माघ ०४ गते निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको हवाई र स्थलगत अवलोकन गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ माघ ०४ गते काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्यको प्रगति हेर्नका लागि हवाई र स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।
भ्रमणको दौरान, राष्ट्रपति पौडेलले आयोजनाको हालसम्मको प्रगति, लेनडाँडा र धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग, पुल र Slope Protection लगायतका विभिन्न निर्माण कार्यहरूको अवलोकन गरेका हुन् ।
राष्ट्रपतिको अवलोकन भ्रमणमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल, आयोजना प्रमुख, मध्य पृतनापति, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।
काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना १३ वटा प्याकेजमा विभाजित गरिएको छ। हाल १२ वटा प्याकेजहरू अन्तर्गत रहेका ७ वटा सुरुङमध्ये धेद्रे र लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएका छन्।
महादेवटार स्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ भने चन्द्रामभिर स्थित सुरुङको निर्माण कार्य पनि हाल सुरु भएको छ। अन्य ३ वटा सुरुङहरूको डिजाइन र पूर्व तयारी कार्य भइरहेको छ।
यस आयोजनामा निर्माण गर्नुपर्ने ८९ वटा पुलहरू मध्ये ८० वटा पुलहरूको निर्माण कार्य चलिरहेको छ र ५ वटा पुलहरूको निर्माण कार्य पूरा भएको छ।
काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत भएको जानकारी पनि दिइएको छ। यस आयोजना पूरा भएपछि काठमाडौँ र तराई/मधेस क्षेत्र बीचको यातायात सहज र छिटो हुने अपेक्षा गरिएको छ।
यस आयोजनाले समग्र देशको पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस