• बुधबार-माघ-२-२०८१

अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको महिलाको मृ त्यु

 

धनगढी । दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको हो ।

 

घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले बताए ।

 

द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन् । स्वास्थ्यचौकी पुर्‍याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन् । स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताए ।
 

 

 

प्रतिकृया दिनुहोस