• बुधबार-माघ-२-२०८१

रिहा भए पछि रबिले भने, ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाई धन्यवाद’

 

काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

 

जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन ।  

 

उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन । र, उनले निस्कदै गर्दा छोटो प्रतिक्रिया दिएका छन, ‘सबै सबै जनालाई धेरै धेरै धन्यवाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान व्यक्त गर्न चाहन्छु, न्याय प्रेमी जनतालाई धन्यवाद दिन चाहान्छु, न्यायलयलाइ विशेष धन्यबाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’

प्रतिकृया दिनुहोस