• शुक्रबार-पौष-२६-२०८१

राष्ट्रपति र प्रधानमन्त्रीबीच दर्जनाै अध्यादेश जारी गर्ने बारे छलफल ?

काठमाडौँ, २६ पुस । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उहाँहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे हाे ।

संसदको हिउँदे बैठक : अझै अनिश्चित ! : दल विभाजन सहित दर्जनौ अध्यादेश आउँदै

भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।


राष्ट्रपति कार्यालय स्राेतका अनुसार, राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओली, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायतकाे भेट र छलफलकाे विषय चाहिं सरकारले जारी गर्न लागेकाे दर्जनाै अध्यादेश रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस