क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मूलकी अनिताको सम्भावना बलियो
ओटावा, २५ पुस । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा पनि उत्तिकै बढन थालेको छ ।
पछिल्लो समाचार अनुसार भारतीय मूलकी नेतृ अनिता आनन्द क्यानडाको भावी प्रधानमन्त्री पदका लागि प्रमुख दावेदारको रूपमा अगाडि आएकी छिन् ।
जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने जनाए पनि लिबरल पार्टीले आफ्नो नयाँ नेता चयन नगरेसम्म भने उनी नै प्रधानमन्त्री पदमा रहने छन् ।
अनिता आनन्द, जो हाल क्यानडाको यातायात र आन्तरिक व्यापार मन्त्री हुन । उनी केन्टभिल, नोभा स्कोटियामा जन्मेकी थिइन् । उनका आमाबाबु क्यानडाका भारतीयमूलका प्रसिद्द चिकित्सक थिए । उनका बुबा तमिलनाडु र आमा पंजाबकी थिइन् । अनिताका दुई बहिनीहरू छन्, गीता आनन्द, जो टोरन्टोमा वकिल छिन र सोनिया आनन्द, जो म्याकमास्टर विश्वविद्यालयमा चिकित्सक र अनुसन्धानकर्ताको रूपमा रहेकी छिन् ।
अनिता आनन्द सन् १९८५ मा ओन्टारियो गइकी हुन । उनी र उनका पति जोनले आफ्ना चार सन्तानलाई ओकभिलमा हुर्काइन् । उनी पहिलो पटक २०१९ मा ओकभिलको संसद सदस्यको रूपमा निर्वाचित भएकी थिइन् ।
उनले २०१९ देखि २०२१ सम्म सार्वजनिक सेवा तथा खरिद मन्त्री र ट्रेजरी बोर्डको अध्यक्ष र राष्ट्रिय रक्षा मन्त्रीको रूपमा पनि काम गरेकी थिइन् । सार्वजनिक सेवा र खरीद मन्त्रीको रूपमा आनन्दले कोभिड १९ महामारीको समयमा क्यानाडालीका लागि खोप, व्यक्तिगत सुरक्षात्मक उपकरण र द्रुत परीक्षण सुरक्षित गर्न सम्झौता वार्ताको नेतृत्व गरेकी थिइन् ।
त्यसपछि अनिता राष्ट्रिय रक्षामन्त्री बने पछि सेनामा हुने यौन दुर्व्यवहारविरुद्ध कदम चालेर उनी थप चर्चामा आइन् । उनले रुस–युक्रेनी युद्धको समयमा कीभलाई व्यापक सैन्य सहायता प्रदान गरेकी थिइन् भने युक्रेनी सेनाको प्रशिक्षणको लागि कर्मचारी उपलब्ध गराएकी थिइन् ।
सेप्टेम्बर २०२४ मा भने अनिता आनन्द ट्रेजरी बोर्डको अध्यक्ष पदको अतिरिक्त यातायात मन्त्री नियुक्त भइन् । राजनीति बाहेक अनिता आनन्द एक विद्वान, वकिल र अनुसन्धानकर्ताका रूपमा चिनिन्छिन् । उनीसँग युनिभर्सिटी अफ टोरन्टोमा कानुनका प्राध्यापकको रूपमा काम गरेको अनुभव छ, जहाँ उनले लगानी संरक्षण र कर्पोरेट गभर्नेन्समा जेआर किम्बर अध्यक्षको पद सम्हालेका थिइन् ।
आनन्दले एसोसिएट डीन र म्यासे कलेजको गभर्निङ बोर्डको सदस्यको रूपमा पनि सेवा गरिसकेकी छिन् । उनी क्यापिटल मार्केट्स इन्स्टिच्युट, रोटम्यान स्कुल अफ म्यानेजमेन्टमा नीति तथा अनुसन्धान निर्देशक भइन् । उनले येल ल स्कुल, क्वीन्स युनिभर्सिटी र वेस्टर्न युनिभर्सिटीमा कानून पनि पढाइन् ।
अनिता आनन्दले क्वीन्स विश्वविद्यालयबाट राजनीतिक अध्ययनमा स्नातक (अनर्स), अक्सफोर्ड विश्वविद्यालयबाट न्यायशास्त्रमा स्नातक (अनर्स), डलहौजी विश्वविद्यालयबाट कानूनमा स्नातक र टोरन्टो विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेकी हुन् । लिभरल पार्टी भित्रको आन्तरिक राजनीतिको बिश्लेषण गर्नेहरूले अब क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो भएको जनाएकी छिन् । यद्दपि, निर्णय हुन भने बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस