सुदूरपश्चिम : मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
सुदूरपश्चिम, ३ पुस : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा जितु उपाध्याय नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुर नगरपालिका–१ निवासी उपाध्यायलाई यही पुस महिनादेखि लागू हुनेगरी राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिनुभयो ।
अछाममा जन्मिनुभएका ३९ वर्षीय डा उपाध्यायले दक्षिण कोरियाको विश्वविद्यालयबाट ‘फुड साइन्स र टेक्नोलोजी’ विषयमा पिएचडी (विद्यावारिधि) गर्नुभएको छ । प्रवासमा रहेर उहाँ अध्ययन, अध्यापन, अनुसन्धान सँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।
---

प्रतिकृया दिनुहोस