• शुक्रबार-पौष-१२-२०८१

नेपाल श्रीलंकासँग ५५ रनले पराजित

 

काठमाडौं । यूएईमा जारी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।

 

टस जितेर फिल्डिङ रोजेको नेपाललाइ श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटिन पुगेको थियो ।

 

यद्दपि, नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाउन सफल भएका थिए भने बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए ।

 

नेपाले अव दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।

 

प्रतिकृया दिनुहोस