• बुधबार-मङ्सिर-१९-२०८१

जा सुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश

 

मस्को । रुसले जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।

 

दुई देशबीचको सम्बन्धमा पछिल्लो समय जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिइएको हो ।

 

एफएसबी सुरक्षा सेवाले मंगलबार भन्यो कि कूटनीतिज्ञ, जसको तस्बिर टिभी समाचार बुलेटिनहरूमा छरिएको थियो, उसले देश प्रवेश गर्दा जानाजानी गलत जानकारी प्रदान गरेको थियो । रूसी संघीय सुरक्षा सेवाले मस्कोमा रहेको राष्ट्रिय दूतावासको आवरणमा अघोषित ब्रिटिश गुप्तचर उपस्थिति पत्ता लगाएको जनाइएको छ ।

 

‘उही समयमा, रूसी एफएसबीले उक्त कुटनीतिज्ञले रूसी संघको सुरक्षालाई खतरामा पार्ने गुप्तचर र विध्वंसक कार्यहरू सञ्चालन गरेको संकेतहरू फेला पारेको छ,’ एक विज्ञप्तिमा भनिएको छ ।

 

उनी हुन बेलायती कुटनीतिज्ञ एडवर्ड विल्क्स, उनी दूतावासमा दोस्रो सेक्रेटरीको रूपमा कार्यरत थिए । बेलायती प्रधानमन्त्री केयर स्टाररका प्रवक्ताले कूटनीतिक निष्कासनबारे आफू अनभिज्ञ रहेको जनाएका छन ।

प्रतिकृया दिनुहोस