तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
काठमाडौं । तस्करीको आशंकामा प्रहरीले पर्साबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका-८ घन्टाघर चोकबाट प्रहरीले सोमबार बिहान राति ना४ख २१६० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। उक्त ट्रक चितवनतर्फ सामान लिएर जाँदैथियो ।
औषधी तथा खुद्रा सामान लोड गरिएको ट्रकमा बिल बिजकभन्दा बढी सामान देखिएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी किशोर लम्सालले बताए । ट्रकमा ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरको औषधी र खुद्रा सामान रहेको लम्सालले बताए। ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।
पर्सा प्रहरी प्रमुखमा एसपी कुमोध ढुंगेल छन्। पर्सा प्रहरीले तस्करी नियन्त्रणमा सफलता पाइरहेको बताएको छ।

प्रतिकृया दिनुहोस