• सोमबार-मङ्सिर-१०-२०८१

कम्पनीले प्रेम गर्नका लागि विदा दिने

 

हालै चीनमा एक कम्पनीले प्रेम गर्नका लागि प्रोत्साहित गरेको छ । कम्पनीले नयाँ नियम लागू गर्दै डेटिङ गएको फोटो हालेमा उल्टै कर्मचारीलाई पैसा दिनेछ । यतिमात्र होइन, यदि कुनै कर्मचारीको सम्बन्ध ३ महिनाभन्दा बढी टिकेको खण्डमा कम्पनीले बोनस पनि दिनेछ । वास्तवमा यो प्रस्ताव इन्स्टा३६० नामक सेनजेङमा रहेको एउटा क्यामेरा कम्पनीको अफर हो । कुनै कर्मचारीले आफ्नो डेटिङ गएको फोटो कम्पनीको डेटिङ प्लाटफर्ममा हालेमा कम्पनीले इनामस्वरुप रकम दिनेछ ।

 

गत २०२४ नोभेम्बर ११ बाट यो नियम सुरु भएको हो । एउटै सम्बन्धमा ३ महिनासम्म बसेमा कम्पनीले करिब २० हजार रुपैयाँ बराबरको बोनस दिनेछ । यतिमात्र नभएर सम्बन्ध कायम रहेमा जोडीलाई मात्र नभई जोडी बनाइदिने व्यक्ति वा कम्पनीले पनि बोनस राशि पाउनेछन् । हालसम्म ५ सय कर्मचारीले डेटिङ गएको फोटो हालेका छन् र कम्पनीले इनामको रकम पनि वितरण गरिसकेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)

प्रतिकृया दिनुहोस