• आइतबार-मङ्सिर-२-२०८१

‘माइक टाइसन भर्सेज जेक पउल’ भिडन्तकाे स्क्रिप्ट लीक


नोभेम्बर १५, २०२४, अर्लिङ्टन, टेक्सासमा सम्पन्न चर्चित बक्सिङ म्याचका बारेमा नयाँ तथ्यहरू सामाजिक सञ्जालहरूमा ‘माइक टाइसन बनाम जेक पउल’ को बक्सिङ म्याचको स्क्रिप्ट लीक भएको छ, जसले बक्सिङ प्रशंसकहरूलाई अचम्ममा पारेको छ।

जेक पॉलले माइक टायसनलाई हराए: बक्सिङको ऐतिहासिक भिडन्तमा नयाँ युगको संकेत

स्क्रिप्ट अनुसार, यो म्याचको सुरुआतदेखि नै टाइसनले आफ्नो पुरानो बक्सिङ शैलीमा हावी हुने प्रयास गर्छन् । पहिलो राउण्डमा टाइसनले केही राम्रो जाब्स हान्छन् तर पउलको हाइट, गतिशीलता र उर्जावान उमेरको बेजाेड फाइदा देखिन्छ।

 

दोश्रो राउण्डमा  विश्व प्रसिद्ध बक्सर टाइसनले राम्रो प्रहार गर्छन्, विशेषगरी पउलको पेटमा हानेको एक बलियो बायाँ हुकले दर्शकहरूलाई स्तब्ध बनाउँछ। पउलले आफ्नो दूरी कायम राख्दै प्रतिरक्षात्मक बक्सिङ जारी राख्छन्।

 

तेस्रो र चौथो राउण्डमा युवा जाेशका साथ पउलको आत्मविश्वास बढ्दै जान्छ। टाइसनको भने थकान स्पष्ट देखिन थाल्छ र पउलले थप शुद्ध प्रहारहरू गर्न थाल्छन्। पाँचौं राउण्डमा, पउलले टाइसनलाई रिङको कुनामा थिचेर एक शक्तिशाली राइट ह्यान्ड हान्छन्, जसले टाइसनलाई क्यान्भासमा ढाल्छ । रेफ्रीले गन्ने क्रम सुरु गर्छन् तर टाइसन उठ्न सक्दैनन्।

 

स्क्रिप्ट अनुसार, जेक पउलले पाँचौं राउण्डमा नॉकआउटद्वारा जित हासिल गर्छन्। तर यो समाचार हालसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।

प्रतिकृया दिनुहोस