• बिहीबार-कार्तिक-२२-२०८१

जर्मनीमा असमानता र गरिबीको जोखिम बढ्याे

बर्लिन, २१ कात्तिक (रासस/सिन्ह्वा) । हालैका वर्षहरूमा सम्पत्तिमा वृद्धि भए तापनि जर्मनीमा असमानता र गरिबीको जोखिममा खासै परिवर्तन नभएको २०८१ कात्तिक २१ गते बुधबार  प्रकाशित प्रतिवेदनले देखाएको छ ।

 

    सन् २०२१ मा जर्मनीका शीर्ष १० प्रतिशत घरपरिवारले देशको कूल सम्पत्तिको ५६ प्रतिशत ओगटेका थिए । यसले जर्मनीलाई युरोपमा सबैभन्दा असमान मुलुकहरूमा राखेको सामाजिक विज्ञान अनुसन्धान केन्द्र बर्लिन (डब्लुजेडबी) द्वारा संयुक्त रूपमा प्रकाशित २०२४ सामाजिक प्रतिवेदनमा उल्लेख छ । 

 

    विशेषगरी पूर्वी र पश्चिम जर्मनीबीच सम्पत्ति वितरणमा असमानता उच्च छ । पूर्वी जर्मन घरपरिवारको औसत सम्पत्ति एक लाख ५० हजार नौ सय युरो रहेको छ भने पश्चिममा तीन लाख ५९ हजार आठ सय युरो रहेको प्रतिवेदनमा बताइएको छ । भनिएको छ । पछिल्लो दशकमा यसमा थोरै सुधार देखिएको छ ।

 

    प्रतिवेदनले पूर्वी जर्मनीमा ६० देखि ७९ वर्ष उमेर समूहका चारमध्ये एक जना गरिबीको जोखिममा रहेको पनि प्रकाश पारेको छ ।

 

    जर्मन समाचार एजेन्सी डिपिएका अनुसार डब्लुजेडबी विशेषज्ञ फिलिप वोत्श्याकले पूर्वी र पश्चिम जर्मनीबीचको निरन्तर असन्तुलन आंशिक रूपमा पूर्वमा कम ज्याला स्तरको कारणले भएको बताउनुभयो । पूर्वमा कम ज्याला स्तर हुँदा सम्पत्ति सञ्चयलाई सीमित गर्दछ ।

 

    यसबाहेक आंशिक रूपमा जनसङ्ख्याको गिरावटका कारण पूर्वी जर्मनीमा सम्पत्तिको मूल्यमा कुनै वृद्धि देखिएको छैन ।

प्रतिकृया दिनुहोस