धर्म गर्न जान्छु भनेर ढाँटी, पशुपतिको जंगलमा चुम्माचाटी !
काठमाडौँ, २१ कार्तिक । काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो पशुपतिनाथ मन्दिर ।
उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । तर पछिल्लो समय पशुपति आसपास घुम्ने बहानामा अनैतिक क्रियाकलापका लागि पनि खुल्ला भएको जस्तो देखिएको छ ।
मन्दिर जस्तो पवित्र स्थल घुम्ने बहानामा पशुपतिको कैलाश डाँडा, गुहेश्वरीमाथिको जंगलमा अगाँलो हाल्दै चुम्माचाटी गर्ने प्रशस्त देखिन थालेका छन् । व्यापारीका अनुसार उक्त स्थलमा परिवारसहित घुम्न जान समेत अप्ठ्यारो भएको छ । 'अल्लारे केटाकेटीदेखि अधबैंसेसमेत जोडी बनेर घारीभित्र चुम्माचाटी गर्न थाल्छन्,' व्यापारी सुरेश थापाले भने ।
थापा विगत दुई वर्षदेखि पशुपतिको कैलाश डाँडा आसपास बदाम बेच्दै आइरहेका छन् । तर उनले व्यापार सुरु गरेदेखि हुन थालेको यस्तो क्रियाकलाप अझै रोकिन नसकेको उनी बताउछन् ।
२०८१ कार्तिक २१ गते बुधबार पनि कैलाश डाँडा र गुहेश्वरीमाथिको जंगलमा हेरिनसक्नु थियो । कलेजका केटाकेटीदेखि अधबैंसे जोडीहरु घारीभित्र चुम्माचाटी गरिरहेको थिए । व्यापारीका अनुसार उनीहरु नगरप्रहरी आएपछि भाग्छ्न् । तर, प्रहरी हिंडेपछि फेरि घारीमा छिरेर चुम्माचाटी सुरु गर्छन् ।
धार्मिक क्षेत्रमा भएका यस्ता गतिविधिले बाहिरबाट आएका भक्तजनलाई समेत अप्ठ्यारो परेको व्यापारीको भनाइ छ । व्यापारीहरुले यस्ता क्रियाकलाप गर्नेलाई प्रवेशमा रोक लगाइ कारबाही गर्नको लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस