• शनिबार-कार्तिक-१०-२०८१

पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन



पाल्हीनन्दन (नवलपरासी ब सु प), ९ कात्तिक : जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज गर्न समस्या भएको छ । 

 

गाउँपालिका उपाध्यक्ष फातुुमा खातुन अन्सारीले प्रमुुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनलगायत काम गर्न नसकिएको बताउनुुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिका शाखा अधिकृत कृषन पन्थीले दसैँको समयमा कर्मचारीलाई तलब भुक्तानी गर्नुपरेको थियो । त्यसबाहेक आर्थिक कारोबार र विकास निर्माणका काम रोकिएका छन् । 

 

जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव (रुदल) प्रदेश सरकार तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाए पनि हालसम्म हाजिर नभएको बताउनुभयो ।

 

वडा नं ४ का अध्यक्ष रवीन्द्र सहानीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणलगायत अत्यावश्यक काम अगाडि बढाउन नसकिएको जानकारी दिनुभयो । 
---

 

 

प्रतिकृया दिनुहोस