• शनिबार-कार्तिक-१०-२०८१

चक्रवात 'दाना'को अवतरण पछि भारतमा भारी वर्षा



नयाँदिल्ली, ९ कात्तिक (रासस/सिन्ह्वा) : तीव्र चक्रवाती आँधी 'दाना'को अवतरण पछि पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूका अनुसार चक्रवात दानाले ओडिसाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बिचमा मध्यरातमा अवतरण गरेको थियो ।

 

करीव १००–११० किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातले ओडिसा र पश्चिम बङ्गालका धेरै क्षेत्रहरूमा रूखहरू ढलाउनुका साथै  बिजुलीका तारहरूमा क्षति पुर्याएको जनएइको छ । चक्रवातले केही अत्यावश्यक नागरिक सेवाहरूमा बाधा पुगेको छ भने बालीलाई क्षति पुर्याइ  प्रभावित क्षेत्रको जन– जीवनमा असर पारेको छ । यद्दपि अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन ।

 

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दाना चक्रवातको अवतरण प्रक्रिया सम्पन्न भइसकेको छ । चक्रवात उत्तर ओडिसा हुँदै उत्तरपश्चिमतर्फ बढ्ने र आगामी पाँच  घन्टामा बिस्तारै कमजोर हुने सम्भावना छ । 

 

चक्रवातको अवधिमा सावधानीको लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाइ तथा रेल सेवाहरू शुक्रवार बिहानदेखि पुनः सुरु भएको  अधिकारीहरूले जनाएका छन् । प्रभावित राज्यका स्थानीय सरकारहरूले करिब दश लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरी विद्यालयहरू बन्द गरेको सूचना जारी गरेका थिए ।  

 

प्रभावित राज्यका जिल्लाहरूमा, अधिकारीहरूले स्थानीयको सहायताका लागि स्थानीय विपद् व्यवस्थापन कर्मचारी, प्रहरी, चिकित्सा टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू तैनाथ गरेका थिए  । 
- - -

 

प्रतिकृया दिनुहोस