• बुधबार-कार्तिक-७-२०८१

विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव छैन- महानिरीक्षक राजु अर्याल

 
काठमाडाैं ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नभई सरोकारवाला निकायहरुको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफल प्राप्त हुने बताउनुभएकाे छ  ।

२०८१ कार्तिक ७ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाईवे ट्रमा सेन्टरमा नागढुंङ्गा–मुग्लिङ्ग सडक खण्डमा अवस्थित अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी संचालन गरिएको Basic Life Support and Primary Trauma Care तालिम समापन कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितीलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताउनु हुँदै विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भूकम्प, बाढी पहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौ नागरिकहरुको जीवन रक्षा गरेको समेत उल्लेख गर्नुभएकाे थियो ।

  Post Crash Responce and Care अन्तर्गत पाईलट प्रोजेक्टको रुपमा नागढुंङ्गा नौविसे मुग्लिङ्ग सडक खण्डमा हुने दुर्घटनाका घाईतेहरुलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्य अनुरुप नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ गते Post Crash Response and Care Service Model सम्झौता भएको थियो ।

 महानिरीक्षक अर्यालले सोही सम्झौता अनुरुप सशस्त्र प्रहरी कर्मचारीहरुलाई Road Traffic Crash Rescue तालिम प्रदान, Vehicle Extrication Equipment  को प्राप्ती, Command Center को स्थापना र सेवाको सुरुवात, सडक दुर्घटना सचेतना सम्बन्धी होर्डिङ्ग बोर्ड राख्ने तथा पर्चाहरुको वितरण जस्ता कार्यहरु सम्पन्न भईसकेको बताउनुहुँदै पृथ्वी हाईवे ट्रमा सेन्टरको स्तरोन्नति गरी थप सुविधा सम्पन्न बनाउनको लागि आवश्यक मेडिकल उपकरणहरुको उपलब्धताको लागि पहल गरिसकिएको समेत बताउनुभएकाे छ ।

                 उहाँले Post Crash Responce and Care क्षमताको अभिबृद्धि गर्ने उद्देश्यका साथ संचालन भएको Basic Life Support and Primary Trauma Care तालिम सम्पन्न गर्नुहुने स्वास्थ्यकर्मीहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा प्राप्त ज्ञानले दुर्घटनामा परेका नागरिकहरुलाई समयमा नै स्वास्थ्य सेवा प्रदान गरी जीवन रक्षा गर्ने कार्यमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

                महानिरीक्षक अर्यालले ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरुमा भोलिन्टियरहरु उत्पादन गरी आम नागरिकहरुमा जनचेतना फैलाउने उद्देश्यकासाथ औपचारिक रुपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नै २०८१ भाद्र १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिमहरु संचालन गरिएको तथा देशका विभिन्न स्थानहरुमा हालसम्म ५ सय ८८ जना भोलिन्टियरहरुलाई तालिम दिईसकेको समेत बताउनुभएकाे थियाे  ।

 

                सोही अवसरमा महानिरीक्षक अर्यालले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको परिषर भित्र सम्पन्न भएको नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गर्नुका साथै ट्रमा सेन्टरको समेत अवलोकन गर्नुभएको थियो ।

 

  कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले नागढंङ्गा, नौविसे, मुग्लिङ्ग करिडोरमा रहेको Satelite Hospital का स्वास्थ्यकर्मीहरुद्वारा भविष्यमा हुनसक्ने कुनैपनि विपद् तथा सडक दुर्घटनाको समयमा प्रभावकारी रुपमा परिचालित भई घाईतेहरुको समयमा नै उपचार गरी जीवन रक्षा तथा अङ्गभङ्ग हुनबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे  ।

 

 दुई दिन अवधिको तालिममा २६ जना स्वास्थ्यकर्मीहरुको सहभागी रहेका थिए । कार्यक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमन, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्ग, राष्ट्रिय सडक सुरक्षा परिषदका सदस्य सचिव कृष्णराज पन्त, चितवन र धादिङ्गका प्रमुख जिल्ला अधिकारीहरु ईन्द्रदेव यादव र सुमन घिमिरे लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृत, विभिन्न संघसस्थाका पदाधिकारी र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस