• बुधबार-कार्तिक-७-२०८१

जिम्बाबेले तोड्यो नेपालको कीर्तिमान, टी-२० मा बनायो सर्बाधिक रन

 

काठमाडौँ । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ ।

 

बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलमा  गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यस अघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो । नेपालले २०२३ को सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै टी-२० क्रिकेटमा सर्बाधिक रन बनाउने कीर्तिमान बनाएको थियो । 

 

जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउने क्रममा सिकन्दर राजाले अविजित १३३ रन बनाएका थिए । उनले ३३ बलमा शतक समेत बनाएका थिए भने ४३ बलमा १३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले ५०, ताडीवानासी मारुमानीले १९ बलमा ६२, क्लिभ माडानडेले १७ बलमा अविजित ५३, रयान बर्लले ११ बलमा २५ रन बनाएका थिए ।

 

जिम्बाबेले यो खेल २९० रनले जितेको थियो । ३४५ रनको लक्ष्य पछाएको गाम्बिया १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो ।    
   

 

प्रतिकृया दिनुहोस