• बुधबार-कार्तिक-७-२०८१

भारतमाथि बंगलादेशको सानदार जित, दुवै साफको सेमिफाइनलमा

 

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

 

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो । बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् । 

 

यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समूह 'ए' मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । योसँगै समूह 'ए' मा रहेको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै समूह 'बी' बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने बिहीबार लाग्ने छ ।

 

प्रतिकृया दिनुहोस