• बुधबार-कार्तिक-७-२०८१

स्काथी इन्टरटेनमेन्टले ‘महिला हिपहप कार्यक्रम’ को दोस्रो संस्करण ल्याउँदै

काठमाडौं । स्काथी इन्टरटेनमेन्टले नेपालको एकमात्र सम्पूर्ण महिला हिपहप कार्यक्रमको दोस्रो संस्करण घोषणा गरेको छ ।


बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा स्विट्जरल्याण्डको दूतावासको सहयोगमा स्काथी इन्टरटेनमेन्टले ‘गड इज अ वुमन’ शीर्षकको कार्यक्रत्र शनिबार २८ अक्टोबर २०२४ मा ड वन्डरल्यान्ड, बुङमाटी (ललितपुर) मा एक दिनको महोत्सवको रुपमा गर्ने जानकारी दिएको छ ।


यस महोत्सवमा स्विट्जरल्याण्ड, यूके, बेल्जियम र नेपालका प्रमुख महिला कलाकारहरुको पूर्ण लाइनअप हुनेछ । समर्थन लाइनअपमा बीगल्र्स, डीजे र एक बेल्जियन बहु. वादकले आवाजको माध्यमबाट ध्वनि उपचारको परिचयात्मक कार्यशाला सञ्चालन गर्नेछन् ।


महोत्सवले युवा उदीयमान प्रतिभाहरूलाई स्वदेशी हिपहप, स्विस जर्मन र नेपाली र्यापदेखि विभिन्न शैलीका ब्रेकिङसम्मका विविध ध्वनिहरू र संगीतको प्रस्तुतिमा प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।


अघिल्लो संस्करणजस्तै, यो कार्यक्रम दृश्य र कार्यक्रम उत्पादन, स्वयंसेवा र सुरक्षा क्षेत्रमा महिलाहरूको नेतृत्वमा हुनेछ ।


‘गड इज अ वुमन’ केवल एक सम्पूर्ण महिला संगीत र मनोरञ्जन महोत्सव मात्र होइन, यो महिला नेतृत्वमा आधारित व्यवसाय र उद्यमीहरुको लागि एक सम्पूर्ण महिला बजारमा पनि परिणत हुँदैछ, जसले महोत्सव स्थलमा आफ्ना उत्पादन, सेवाहरु र पहलहरू प्रदर्शित गर्नका लागि स्टलहरू प्रदान गर्नेछ ।


यो पहल महिलाहरुलाई उजागर गर्न र उनीहरुको सिर्जनात्मक विकासलाई सँगै अघि बढाउनको लागि महोत्सवको दृष्टिकोणसँग मेल खाँदैछ, साथै वातावरणमैत्री, नैतिक र महिला नेतृत्व र महिला केन्द्रित संस्थासँग साझेदारी गर्दैछन् ।


यसमा इको साथी नेपाल, आमाको सुरक्षया, साथ र डान्फे वर्क्स जस्ता संस्थाहरु समावेश छन् ।

 

प्रतिकृया दिनुहोस