• बुधबार-कार्तिक-७-२०८१

वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु

 

काठमाडौँ । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु हुने भएको छ । सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग अब २४ सै घण्टा खुला हुने भएकोहो ।

 

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बुधवारदेखि राजमार्ग २४ सै घण्टा सुचारु गरिएको छ । यसअघि असोज ३० देखि राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

प्रतिकृया दिनुहोस