• मंगलबार-कार्तिक-६-२०८१

सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ

 

सर्लाही । सर्लाहीस्थित एक घरमा लागुऔषध गाँजा लुकाएर राखेको  अवस्थामा प्रहरीले छापामारी गरी बरामद गरेको छ । गाँजा बरामद संगै एकजना युवक लाई पक्राउ गरेका छन् ।सर्लाही व्रम्हपुर गाउँपालिका  ५ सखुअवा गाउँका विद्यानन्द साहको छोरा २१ बर्षिय  पंकज साहले घरमा  लागुऔषध गाँजा लुएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर  १० किलोग्राम गाँजा बरामद गरेको हो ।

 

गाँजासंगै युवक पंकजसाह लाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता  डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

 

गाँजा सहित पक्राउ परेका पंकज साह लाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थमाएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस