• मंगलबार-कार्तिक-६-२०८१

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

 

काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरको छ ।

 

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरीह जस्तो देखिएको थियो ।

 

नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक-एक गोल गरेका थिए ।

 

यो जितपछि समूह 'बी' मा रहेको नेपालको ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । समूह 'बी' मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै श्रीलंकाको ३ अंक रहेको छ भने माल्दिभ्सको एक अंक रहेको छ ।

 


 

 

प्रतिकृया दिनुहोस