🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

२०८२ चैत १२ गते बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।
विहीबार नै संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *