🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

जग्गासम्बन्धी विवादमा आफ्नै आमाको ह त्या, बहिनीमाथि पनि ह तियार प्रहार

कञ्चनपुर, ४ चैत : दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो । दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

फरार अभियुक्तको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो । –––

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *