🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

कवाडीको एक अर्ब राजस्व असुलीमा छाेरा राेशनकाे अवरोध, बाबु नक्कली नागरिकता कसुरमा पक्राउ

सांसद अमरेशकुमार सिंहका मित्र रहेका बाबुनन चौधरी(क्याप वाला)

काठमाडौं । नेपालको इतिहासमा डन भन्ने शब्दले चक्रेमिलन, राजु गोर्खाली, दीपक मनाङ्गे, पर्शुराम बस्नेतलाई मात्र जनाउँथ्यो । उनीहरुको काम बेरोजगार युवाहरुलाई बटुलेर हप्ता असुलीदेखि ठेक्कापट्टा कब्जा गर्ने रहेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोषले सम्पत्ति शुद्धीकरणमा नेपालले मुद्दा चलाएन भन्ने गुनासो गर्दा यिनै डनहरुबिरुद्ध मुद्दा दर्ता गरी देखाउने गरेका थिए ।

अहिले प्रायः सबै गुण्डा नेता भएकाले गुण्डागर्दी पेशा बन्द भई युद्ध सरदारको युग सुरु भएको छ । पहिला गुण्डाहरुलाई कांग्रेस, एमाले जस्ता पार्टीले संरक्षण गर्दैआएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आएपछि त्यस्ता अवैध असुली गर्नेहरु उक्त पार्टीका नेताहरुको शरणमा पुग्न थालेका घटनाहरु सार्वजनिक हुन सुरु भएका छन् ।


भारतीय नागरिक बाबुनन चौधरी कलवार बिहारबाट नेपालमा आए । उनले खाली सिसी पुराना कागज बटुल्ने र कवाडी साहुलाई लगेर बिक्री गरी जीविकोपार्जन गर्दै जीवन बिताउन थाले । कवाडी बटुली आफ्नो जीवन धान्दैआएका बिहार, सितामढी जिल्लाका उनका घरमा २ छोरामध्ये रोशन चौधरीले कवाडी काममा नक्कली भ्याट बिल बनाएर अरबौं रुपैयाँ करछली गरेको आरोप खेप्दै थिए ।

राजस्व अनुसन्धान विभागले नक्कली भ्याटबिलमा २५ करोड रुपैयाँ जरिवाना लगाउनेगरी मुद्दा दर्ता गरेपछि रोशनले पेशा परिवर्तन गरे । उनले एक सय ५० मोटरसाइकल चलाउने ३ सय जनाको एक समूह खडा गरी काठमाडौं उपत्यकाभित्र हुने जुनसुकै कवाडीको ठेक्का हुन नदिने र आफूले सस्तो दररेटमा कहिले चन्द्रागिरी नगरपालिका त कहिले धादिङको धुनीबेसी नगरपालिकाको ठेक्का लिने गर्दैआएका छन् ।

२०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी पार्टीले लगभग बहुमत नै ल्याएपछि तस्कर, अपराध कर्म गर्नेदेखि कर छली गर्ने सबै खालका खराब ब्यक्तिहरु उक्त पार्टीतिर लागे । फलस्वरुप उक्त पार्टी ६ बर्षपछि भएको निर्वाचनमा तेस्रो शक्तिमा खुम्चिन पुग्यो । २०८२ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुईतिहाई बहुमत ल्याउनासाथ विवादित र अवैध असुली गर्नेहरु सो पार्टीका नेताहरुसँग निकट हुन थालिसकेको कवाडी व्यवसायमा संलग्न स्रोत बताउछ ।

राजनीतिक आडमा देश दोहन गर्न पल्किएका उनीहरु रास्वपाका नेताहरु निर्वाचनमा जितेकोमा घर घर गएर बधाई दिन थालेका छन् । नक्कली नागरिकता प्रकरणमा रौतहट जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएका बाबुनन चौधरी र उनका छोरा रोशन चौधरी अनुसन्धानलाई प्रभावित पार्न रास्वपाका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहको शरणमा पुगेको खबर छ ।

हिजोसम्म एमालेका सचिव महेश बस्नेत, आमजनता पार्टीका अध्यक्ष प्रभु साहको आडमा राजमार्गमा गुण्डागर्दी गर्दै अबैध निकासी, कर छली गर्दैआएका रोशन चौधरी र उनका बाबु बाबुनन चौधरी अमरेशकुमार सिंहलाई घरमै भेटेर बधाइ दिएको तस्बिर सार्वजनिक भएकाे छ । बस्नेत र प्रभु साहकै आडमा नक्कली बाबु बनाई नागरिकता लिएकोे बारेमा पक्राउ पूर्जी जारी भएका बाबुनन चौधरी र उनका छोरा रोशन सर्लाही ४ बाट निर्वाचित रास्वपा सांसद अमेरशकुमार सिंहको निवासमै गएर उनलाई सांसदमा जितेकोमा खादामालासहित बधाइ दिएका थिए । २०८२ फागुन २८ गते पक्राउ पूर्जी जारी भएका भारतको बिहारका बाबुनन र रोशनले अमरेशलाई बधाइ दिएको तस्बीर उनीहरुले फेसबुकमै सेयर गरेका थिए । (साँघु साप्ताहिकले याे समाचार प्रकाशित गरेकै दिन २०८२ चैत २३ गते, बाबु बाबुनन चौधरी प्रहरीद्वारा पक्राउ परेका छन्)

बाबुनन चौधरीका बिरुद्ध रौतहट जिल्ला प्रहरी कार्यालयबाट नागरिकता छानबिनका लागि २०८२ भदौ २ गते पक्राउ पूर्जी जारी भएको छ(हेर्नुस् फोटो कपी) । तिनै पक्राउ पूर्जी जारी भएका र महेश बस्नेत र प्रभु साहमार्फत् दबाब दिएर पक्राउ पर्नबाट जोगिंदैआएका बाबुनन चौधरी र उनका छोरा रोशन चौधरीले बिगत केही बर्षदेखि नेपालमा बार्षिक १ अर्ब रुपैयाँ निकासी कर गैरकानुनी रुपमा असुली गर्दैआएका छन् ।

धादिङको धुनीबेसी नगरपालिकाको कवाडी संकलनको ठेक्का लिएर ललितपुर महानगरपालिकादेखि काठमाडौं उपत्यका राजमार्गमा अबैध निकासी कर असुल्ने गरेका भारतीय नागरिक बाबुनन चौधरी र रोशन चौधरीले राजमार्गमा १ सय ५० भन्दा बढीका पल्सर मोटरसाइकलधारी केटा राखेर कवाडीका गाडीस“ग कलंकीदेखि धादिङका राजमार्गसम्म जबर्जस्ती रोकेर एक ट्रकको ३० देखि ४० हजारसम्म निकासी कर गैरकानुनी रुपमा असुली गर्दैआएका छन् ।

काठमाडौं उपत्यकाभित्रका कुनै पनि पालिकामा कवाडीको ठेक्का लगाउन अदालतमा मुद्दा मामिलामा अल्झाएर नदिने र धादिङका राजमार्गमा ढुकेर जबर्जस्ती कवाडी कर असुली गर्दैआएका छन् । रोशन चौधरी र उनका बाबु बाबुननले अदालतदेखि सबै निकायलाई प्रभावमा पारी दैनिक ३० लाख अवैध रुपमा निकासी कर ब्यवसायीबाट असुली गर्दैआएका छन् । जुन कर पालिकाहरुको आम्दानी हो । तर एक भारतीयले अन्डरवल्र्ड जस्तो गिरोह चलाएर असुली गर्दैआएका छन् ।

एउटा पालिकाबाट गएको कुनै पनि बस्तु वा उत्पादनको कर अर्को पालिकाले लिन नपाउने अर्थ मन्त्रालय, गृहमन्त्रालयदेखि सबै निकायको परिपत्रबिपरीत रोशन चौधरीको आर एण्ड आर भालचन्द्र ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैरकानुनी रुपमा असुलिरहेको छ ।

काठमाडौं उपत्यकाको ललितपुर महानगरलाई मात्र अदालत प्रयोग गरी टेण्डर हुनै नदिएर रोशन चौधरीले बार्षिक १६ करोड रुपैयाँ घाटा पुर्याएका छन् । रोशन चौधरीले केही बरिष्ठ कानून ब्यवसायीको आडमा अदालतमा यस्तो सेटिङ चलाएका छन् कि उच्च अदालत पाटनले केही दिनअघि ललितपुर महानगरपालिकालाई चौधरीलाई गैरकानुनी रुपमा निकासी कर असुली गर्न दिनुपर्ने, महानगरले कवाडीको टेण्डर नै गर्न नपाउने अनौठो आदेश दिएको छ ।

ठेक्कामा काठमाडौं उपत्यकाबाट नागढुंगा, दक्षिणकाली दुबै सडकमार्ग हुँदै जाने जुनसुकै नगरपालिकाका कवाडी बोकेको गाडी, रा“गाको हाड–सिङ बोकेको गाडीबाट जबर्जस्ती निकासी कर लिने छुट गैरकानूनी रुपमा रोशन र बाबुननले पाएका छन् । एउटा नगरपालिकाबाट उत्पादन भएको जुनसुकै सामानको कर अर्को स्थानीय तहले लिन नपाउने र त्यस्तो कर असुली गर्न रोक्न गृहमन्त्रालयले २०८१ कात्तिक १२ गते सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । तर त्यो निर्देशनबिपरीत रोशन चौधरीको आर एण्ड आर भालचन्द्र ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैरकानूनी रुपमा असुलिरहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुया“ल नेतृत्वको इजलासले कवाडी कर अनिवार्य रुपमा तिर्नुपर्ने, एउटा नगरपालिकाले कर लिइसकेपछि अर्को पालिकाले लिन नपाउने फैसला २०८१ भदौमा ग¥यो । त्यसपछि रोशन चौधरीले धुनिबेसी नगरपालिकाको ठेक्का बार्षिक ३ करोड रुपैया“ दिनेगरी लिए । काठमाडौं उपत्यकाभित्र कुनै पनि नगरपालिकामा ठेक्का लगाउन दिएका छैनन् । नगरपालिकाले कवाडीको ठेक्का लगाउन खोज्दा जिल्ला अदालत र उच्च अदालतबाट अन्तरिम आदेश ल्याएर सबै स्थानीय निकायलाई कर उठाउनबाट रोक लगाएका छन् ।

रास्वपाले जितेपछि सुशासन कायम होला, अदालतबाट यस्तो गैरकानूनी कर असुली गर्न पाउनुपर्ने रिटमा अन्तरिम आदेश नदिने अपेक्षा गरिएको थियो । तर विगतमा जस्तै दैनिक ३० लाख गैरकानूनी रुपमा असुल्नका लागि रोशन र बाबुनन अमरेश सिंहको शरणमा पुगेर राज्यको राजस्वमा दोेहन गर्ने खेलमा लागेका छन् ।

रोशन र बाबुननले मुद्दाममिला गरेर अदालतलाई प्रभावमा पारी ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुरी, बुढानीलकन्ठ नगरपालिकाले कवाडीको ठेक्का लगाउन सकेका छैनन् । जसका कारण रोशन चौधरीले धुनिबेसीमा बसेर काठमाडौैंका यी पालिकाबाट कवाडी संकलन गरी गएका गाडीबाट दैनिक ३० लाख रुपैयाँका दरले उठाउने गरेका छन् ।

एउटा पालिकाबाट गएको सामानको कर अर्को पालिकाले उठाउन रोकिएको अवस्थामा गैरकानुनी रुपमा धुनिबेसीको कवाडी करको ठेक्का लिएको आर आर एण्ड भालेश्वर ट्रेड कन्सर्नले काठमाडौंका पालिकाबाट गएका कवाडीका गाडीको कर असुली गर्न छुट पाएको छ । ललितपुर प्रहरीका एसएसपी, काठमाडौंका प्रहरीका हाकिम, धादिङका प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी प्रशासनलाई मासिक लाखौंको बिटो थमाएर उनले जबर्जस्ती गाडी रोक्ने, कर असुल्ने, नदिए गाडी तोडफोड गर्ने र चालकलाई कुटपिट गर्ने गरेका छन् ।

बाबुनन र उनका छोरा रोशन चौधरीले झुटा बिबरण पेश गरी रौतहट र काठमाडौंबाट बंशजको आधारमा नागरिकता लिई बिभिन्न कम्पनी दर्ता गरेकाले छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो ।

गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय रौतहटमा बाबुनन चौधरीको नागरिकताको विवरणसहितको फाइल २०८१ माघ ७ गते पठाएको थियो । गएको भदौमा पक्राउ पुर्जी जारी त भएको छ । तर पैसाकै बलमा बाबुनन पक्राउ पर्नबाट जोगिंदैआएका छन् । रौतहटबाट बाबुननले झुटा विवरण पेश गरी लिएको नागरिकताका आधारमा काठमाडौंबाट रोशन र उनका भाइ दिपुले नागरिकता लिएका छन् । बाबुनन र रोशनले राजनीतिक दल, तिनका भातृ संगठनको आड र अदालतलाई प्रभावमा पारी नेपालमा गर्दैआएको यस्तो असुलीलाई रास्वपाको दुईतिहाई बहुमतको सरकारले रोक्ने अपेक्षा गरिए पनि उनीहरु आफ्नो ब्रम्हलुट कायम राख्न अमरेश सिंहको शरणमा पुगेका छन् ।

(तस्बिर : बाबुनन(क्याप वाला) र छाेरा रोशन चाैधरी सांसद अमरेशकुमार सिंहलाई खादा लगाउँदै) 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *