काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् । बलात्कारको आरोप लगाउँदै बस्नेतविरुद्ध उनले यसअघि नै उजुरी दिइसकेकी छिन् ।
उनी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा सचिव बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन् । उनले कार्यालय परिसरमा पत्रकारसँगको कुराकानीमा नयाँ सरकारले आफूलाई न्याय दिलाउने विश्वास व्यक्त गरिन् ।
पहिले नै पक्राउ पर्नुपर्ने बस्नेतलाई केपी ओलीले आफूसँगै थुनामा स्याहार गर्न लैजान राखेको उनको आरोप छ । ‘मलाई हेरेर न्याय दिने होइन्,सयौं प्रमाण हेरेर न्याय दिनुहुन्छ भन्ने विश्वास छ । महेश बस्नेतलाई पक्राउ गर्न नसक्ने किन ? लिखित जवाफ चाहिन्छ । बस्नेतलाई अस्ति नै पक्राउ गर्नुपर्ने थियो । ओलीले वुद्धि पुर्याएर आफूसँगै छोरालाई स्याहार गर्न लैजान राखेका थिए, सँगै बस्छन् अब ।’
अब गोरखाबाट न्याय सुरु भएको बताउँदै उनले गृहमन्त्री सुधन गुरुङको कार्यसम्पादनको प्रसंसा गरिन् ।




