🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौँ, १८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिनुभयो । आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको बैठकमा जानकारी गराइएको थियो ।

अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *