पोखरा । कास्की प्रहरीले अवैध रूपमा कटपिस ढुंगा चोरी निकासी गर्दै गरेको अवस्थामा दुई वटा सवारीसाधन २०८२ चैत १८ गते नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की, पोखराले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखरा महानगरपालिका–११, चितेपानी क्षेत्रमा अवैध रूपमा चोरी निकासी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा ए.ए.स्थित सडक खण्डमा पोखरातर्फ आउँदै गरेका ग ३ च ४१६३ र ग २ च २५९ नम्बरका बोलेरो जिपलाई रोकी जाँच गरिएको थियो।
जाँचका क्रममा ती बोलेरो जिपमा कटपिस ढुंगा लोड गरिएको भेटिएको र सोसँग सम्बन्धित प्रयोजन खुल्ने कागजातसमेत साथमा नरहेको प्रहरीले जनाएको छ। त्यसपछि दुवै सवारीसाधन कटपिस ढुंगासहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा पठाइएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध उत्खनन् तथा ढुवानीविरुद्ध निगरानीलाई थप कडा बनाइएको जनाएको छ।




