• बुधबार-असोज-३०-२०८१

अस्थायी पुल बनाउन नगरपालिकाले बेवास्ता गरेपछि युवाले बनाए काठको पुल

काठमाडौँ, ३० बुधबार । काभ्रेमा बाढीपहिरोले क्षतविक्षत बनाएको एक जलविद्युतको बाँध युवाहरूले निर्माण गरेका छन् ।

 

२०८१ असोज १२ गते आएको बाढीपहिरोले भत्काएको पनौती नगरपालिका -८,मा रहेको खोपासी जलविद्युत आयोजनाको बाँधमा युवाहरूले काठको पुल निर्माण गरेर बनाएका हुन् ।

भक्तिएको  बाँधबाट स्थानीयलाई आवतजावत गर्न निकै गाह्रो भएपनि नगरपालिकाले भने वास्ता नगरेको स्थानीय रामकृष्ण तामाङले बताए ।

 

नगरपालिकाको आशमा बसेका स्थानीयहरुले दुई सातासम्म पुल नबनेपछि काम चलाउनका लागि अस्थायी काठको पुल निर्माण गरेका छन् ।

 

२०८१ असोज २९ गते  युवाहरुले पुल निर्माण गरेपछि  स्थानीयबासी आवतजावत गर्न सजिलो भएको स्थानीय केशर लामाले बताए।

-क्षितिज सर्गम

 

प्रतिकृया दिनुहोस