• बुधबार-असोज-३०-२०८१

गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाको इजरायललाई चेतावनी

 

काठमाडौँ । गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाले इजरायललाई चेतावनी दिएको छ। पत्रमार्फत अमेरिकाले ३० दिनको समय दिएर इजरायललाई यस्तो चेतावनी दिएको हो।

 

अमेरिकाले गाजामा मानवीय सहायता नबढाएमा सैन्य सहयोग रोक्ने चेतावनी दिएको छ। अमेरिकाले आइतबार नै इजरायललाई यो पत्र पठाएको मिडिया रिपोर्टमा उल्लेख छ। यो अमेरिकाको इजरायललाई अहिलेसम्मकै सबैभन्दा कडा चेतावनी हो।

 

हालै इजरायलले गाजाको उत्तरी भागमा ठूलो मात्रामा आक्रमण गरेको थियो। इजरायली आक्रमणमा ठूलो संख्यामा मानिसहरू घाइते भएको बताइएको छ। त्यसपछि अमेरिकाले यो कदम चालेको हो।

 

अमेरिकाले लेखेको पत्रमा गाजा क्षेत्रमा बिग्रँदै गरेको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकिएको वा अवरुद्ध गरिएको पनि पत्रमा उल्लेख गरिएको छ।

 

इजरायली अधिकारीका अनुसार, इजरायलले हाल अमेरिकाको पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ। यद्यपि, इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता नरोकेको बताएको थियो।

 

 

प्रतिकृया दिनुहोस