• मंगलबार-असोज-२९-२०८१

भारत र क्यानडाबीच त नाव, राजदूतसहित उच्च कूटनीतिज्ञलाई फिर्ता बोलाइयो

 

काठमाडौँ । भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदूत सञ्जय कुमार वर्मालाई फिर्ता बोलाएको छ ।

 

ट्रुडो सरकारले आफ्ना राजदूतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदूत बर्मालाई फिर्ता बोलाएको हो । भारतले क्यानडाले निशाना बनाएका राजदूत बर्मासहित अन्य उच्च कूटनीतिज्ञहरुलाई पनि फिर्ता बोलाएको छ ।  

 

क्यानडाले राजदूत बर्मामाथिको मुद्दाबारे जानकारी नआए पनि निज्जरको हत्यासँग जोडिएको बताइएको छ । यसबारे भारतले आज क्यानडाका राजदूतलाई फिर्ता बोलाएको हो । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडा सरकारमाथि विश्वास नगर्ने बताउँदै राजदूतमाथि क्यानडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ । विदेश मन्त्रालयले भारत सरकारले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै यी आरोपहरु ट्रुडो सरकारको राजनीतिक एजेन्डा भएको र भोट बैंकबाट प्रेरित रहेको बताएको छ ।

 

विदेश मन्त्रालयले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए तर, क्यानडा सरकारलाई पटक-पटक सोध्दा पनि भारत सरकारलाई एउटा प्रमाण पनि नदिएको र नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको बताइएको छ ।

 

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरको गुरुद्वाराबाट निस्कने क्रममा हरदिप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो । त्यसपछि निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए । आरोपित तीनै जना भारतीय नागरिक हुन् । 

 

 

प्रतिकृया दिनुहोस