• मंगलबार-असोज-२९-२०८१

बाढीले दुई करोडको तरकारी बाली क्ष ति


इनरुवा (सुनसरी), २८ असोज : यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ । 

 

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । “बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ”, प्रमुख सिंहले भन्नुभयो । 

 

स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताउनुभयो । बाढीले ५० हेक्टरमा लगाएको रु एक लाख ८० हजार बरावरको उखुबालीमा क्षति भएको उहाँले बताउनुभयो । 

 

जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
–––

 

 

प्रतिकृया दिनुहोस