• बुधबार-कार्तिक-७-२०८१

तौल घटाउन तेजपत्ता र कागतीको पानी 

 

तौल घटाउनका लागि तेजपत्ता र कागतीको पानी पिउन सकिन्छ । यसले पेटको बोसो कम गर्दछ । कागतीमा पर्याप्त मात्रामा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले क्यालोरी कम गर्न मद्दत गर्दछ । 


– तेजपत्ता र कागती पानीले शरीरको मेटाबोलिज्म राम्रो बनाउँदछ । यसले पाचन राम्रो बनाई क्यालोरी बर्न गर्न र छिटो तौल घटाउन मद्दत गर्दछ ।


– तेजपत्ता कागती पानीले शरीरमा भएका विषाक्त चिजहरुलाई बाहिर निकाल्न मद्दत गर्दछ । यसले पाचन प्रक्रिया पनि सुधार गर्दछ । खाएको चिजहरु राम्रोसँग पचेको खण्डमा तौल नियन्त्रण हुन जान्छ । 


– तेजपत्ता र कागती दुबैमा एन्टीअक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छ, जसले फ्री रेडिकल्सहरुविरुद्ध लडेर शरीरलाई रोग लाग्न दिँदैन । यसले शरीरमा बोसो टुक्र्याउने काम पनि गर्दछ । 


तेजपत्ता र कागतीको मिश्रण बनाउनका लागि तेजपत्ताको पातहरु पानीमा उमाल्ने र यसलाई अलिकति चिसो हुन छोड्नुपर्दछ । चिसो भइसकेपछि कागतीको रस हाल्नुपर्दछ । यो पेयलाई हरेक बिहान खाली पेटमा पिउनु उपयुक्त हुन्छ । (एजेन्सीको सहयोगमा)
 

प्रतिकृया दिनुहोस