• मंगलबार-असोज-२२-२०८१

भारतद्वारा राहत सामग्रीको पहिलाे खेप सिधै सिडिओलाई हस्तान्तरण

काठमाडाैं । नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्रीको खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले २०८१ असाेज २१ गते बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई सिधै हस्तान्तरण गरिएकाे काठमाडाैंस्थित भारतीय राजदूतावासले जानकारी दिएकाे ।


 काठमाडाैंस्थित भारतीय राजदूतावासका अनुसार, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो ।

 

भारत सरकार अन्य अत्यावश्यक सरसफाई सामाग्री तथा औषधिका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइनेछ ।


  छिमेकी मुलुक होस् वा अन्य मुलुक संकटको बेला भारत सदैव पहिलो रेस्पोन्डरको रुपमा रहेको काठमाडाैंस्थित भारतीय राजदूतावासले बताएकाे छ ।

 

२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको काठमाडाैंस्थित भारतीय राजदूतावासले स्मरण गराएकाे छ  ।

 

भारतले २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराई सहयोग गरेको  दूतावासले बताएकाे छ ।


 हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर काठमाडाैंस्थित भारतीय राजदूतावासले बताएकाे छ ।

प्रतिकृया दिनुहोस