• मंगलबार-असोज-२२-२०८१

फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक

 

काठमाडौँ। आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ।

 

पोस्टरमा फिल्मका मुख्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई चित्रित गरिएको छ।

 

दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन्। निर्देशक गौचन स्वयंको लेखन रहेको फिल्मको कार्यकारी निर्माता नकिम उद्दिन हुन्। नकिम नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक समेत हुन्।

 

ट्राइ सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा नाजिर, सृष्टि र सञ्जय सहित रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह लगायतको अभिनय छ भने अमितेष शाह विशेष भूमिकामा छन्। फिल्ममा अमर महर्जनको डिओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत छ।
 

प्रतिकृया दिनुहोस