• मंगलबार-असोज-२२-२०८१

पत्रकार महासङ्घ अध्यक्ष सडक दु र्घटनामा घा इते



महोत्तरी, २१ असोज : नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता) सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ । 

 

पूर्वपश्चिम राजमार्गको रातु पुल पारी लालगढमा आज साझ आफैँले हाँकेको मधेस प्रदेश ०२–००६ प २६७६ नम्बरको स्कुटी अनियन्त्रित भइ ढल्दा उहाँ गम्भीर घाइते हुनुभएको हो । 

 

घटना लगत्तै सडकमा ढल्नुभएकी उहाँलाई सडक यात्रुले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्‍याएका थिए । बरालको दाहिने हातको कुमको जोर्नीको हाड भाचिएको उपचारमा सङ्लग्न चिकित्सक डा नरेश पासवानले बताउनुभयो ।

 

बराललाई अस्पतालले थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लान पठाइएको छ । दुर्घटना हुँदा बरालसँगै स्कुटीमा पछाडि बसेका उहाँका १० वर्षीय छोरा सूर्यांश भण्डारी भने सकुशल रहेका छन् ।
–––

 

प्रतिकृया दिनुहोस