• आइतबार-असोज-२०-२०८१

महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

 

काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

 

पाकिस्तानले दिएको १०६ रनको लक्ष्य पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

 

समूह 'ए' मा रहेको भारतको यो दोस्रो खेलमा पहिलो जित हो । यस अघि भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानको पनि यो दोस्रो खेलमा पहिलो हार हो । पाकिस्तानले यस अघि पहिलो खेलमा श्रीलंकालाई पराजित गरको थियो ।

 

अब भारतले अर्को खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने छ भने पाकिस्तानले शुक्रबार अस्ट्रेलियाको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस