• आइतबार-असोज-२०-२०८१

एनपीएल अक्सन : सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ ला खमा किन्यो

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई लुम्बिनी लाइन्सले किनेको छ । आइतबार भएको खेलाडी अक्सनमा लुम्बिनीले सन्दीपलाई १५ लाखमा किनेको हो ।

 

लुम्बिनीले यस अघि आजैको अक्सनमा सुर्य तामाङ र  विवेक यादवलाई पनि १५-१५ लाखमा किनेको थियो । त्यसैगरी लुम्बिनीले तिलक राज भण्डारी र आशुतोष घिरैयालाई १०-१० लाखमा किनेको छ भने दुर्गेश गुप्तालाई ८ लाखमा किनेको छ ।

 

लुम्बिनी लाइन्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल रहेका छन् ।
  

 

प्रतिकृया दिनुहोस