• आइतबार-असोज-२०-२०८१

राउत प्रधान न्यायाधीशमा नियुक्त, आजै शपथ

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् ।

 

आइतबार राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

 

यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधान न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

 

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा २०८१ असाेज २० गते आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधान न्यायाधीश नियुक्त गरेका हुन् । प्रधान न्यायाधीश नियुक्तिपछि अहिले १३.३० बजे शपथकाे ग्रहण कार्यक्रम रहेकाे छ ।

प्रतिकृया दिनुहोस