• शुक्रबार-असोज-१८-२०८१

महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात

 

काठमाडौँ । आजदेखि यूएईमा सुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

 

पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सकेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

 

जितपछि बंगलादेशले विश्वकपमा सकारात्मक शुरुवात गरेको छ । आईसीसी विश्वकपमा १० बर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बंगलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।

 

अब बंगलादेशले आगामी शनिबार ईङ्ल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।
      

 

प्रतिकृया दिनुहोस