एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात
काठमाडौँ। एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ। राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो।
चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो। त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ र चौथो सेट २५-१८ ले जितेको थियो।
यस खेलमा उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी सलिना बुढा मगर खेलको प्लेयर अफ द म्याच बनेकी थिइन्। यसअघि सोमबार ललितपुर र कर्णालीले आ-आफ्नो खेल जितेका थिए।
लिगमा आज पनि तीन खेल हुनेछन्। जस अन्तर्गत पहिलो खेल गण्डकी र कर्णालीबीच अपराह्न ३:४५ बजे हुनेछ, दोस्रो खेल काठमाडौँ र चितवनबीच ५:४५ बजे शुरु हुनेछ, र तेस्रो खेल ललितपुर र मधेशबीच ७:४५ बजे शुरु हुनेछ।

प्रतिकृया दिनुहोस