• सोमबार-असोज-१४-२०८१

पहिरोमा परी मृ त्यु भएका एन्फा एकेडेमीका फुटबलरको श व हेटौंडा पुर्याइयो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा २०८१ असाेज १२ गते शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुर जिल्लाका फुटबलरको शब सोमबार बिहान हेटौंडा ल्याइएको छ ।


अखिल नेपाल फुटबल संघ (एन्फा) को युथ–१४ एकेडेमीमा रहेका ४० जनामध्ये खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो ।


शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी मृतक खेलाडीको शब आइतबार नै हेटौंडा ल्याउने तयारी भएपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।


आज बिहान करिब ९ बजेको समयमा हेटौंडा–११ स्थित वाग्मती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत् मकवानपुर जिल्लाको तीनजना खेलाडीको शब हेटौंडा ल्याइएको हो ।

 

मकवानपुरको सिस्नेरी घर भएका दिवस बानियाँ, हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोले पुरेर मृत्यु भएको थियो ।


प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा मृतकको शव आफन्तलाई जिम्मा लगाइएको थियो। मृतको शव हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिमा राखिएको छ ।


मृतकको खेलाडी पार्थिव शरीरमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, जनप्रतिनिधिहरुले पुष्पगुच्छा अर्पण गरेका छन् । एन्फा मकवानपुरको संयोजनमा खेलाडीको शवलाई उक्त स्थानमा राखिएको हो ।

 

प्रतिकृया दिनुहोस