• सोमबार-असोज-७-२०८१

बेइजिङकाे कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै

काठमाडौं, असोज ७।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज(२०८१ असाेज ७ गते) राति चीन प्रस्थान गर्नु हुने भएको छ ।

 

चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री  पौडेल चीन प्रस्थान गर्न लाग्नु भएको जानकारी उहाँकाे निजी सचिवालयले दिएकाे छ  ।


उहाँले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

 

अर्थमन्त्री पौडेल आगामी २०८१ असाेज १२ गते शनिबार स्वदेश फर्किनु हुने कार्यक्रम रहेकाे छ ।

प्रतिकृया दिनुहोस