• आइतबार-असोज-६-२०८१

नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्नसक्छ : महानायक हमाल

 

काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीका लागि जुनसुकै देस शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् ।

 

शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै महानायक हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाले स्वविवेकले छनोट गर्न सुझाए ।

 

उनले नेपाली युवाका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तब्य रहे पनि वैदेशिक शिक्षा रोज्नेहरूका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए । उनले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताए । 

 

‘विद्यार्थीलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ । आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन् । आफूमा भएको ऊर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन्। यद्यपि, पछिल्लो समय क्यानाडा धेरै नेपालीको उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको दुईमत छैन,’ उनले भने । 

 

कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलले क्यानाडा अध्ययनका लागि धेरै नेपाली युवाको रोजाइमा रहेको बताए । उनले क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देस बाहिर आए पनि सार्वजनिक भएजस्तो समस्या नभएको उनले बताए। कार्यक्रममा २५ बढी लोकप्रिय कलेज र विश्वविद्यालयले परामर्श सेवा उपलब्ध गराएका थिए। उक्त अवसरमा कलेज वा विश्वविद्यालयका प्रतिनिधिले सयौं विद्यार्थीलाई परामर्श दिएका थिए ।

प्रतिकृया दिनुहोस