• शनिबार-असोज-५-२०८१

नामिबियामाथि यूएईको कीर्तिमानी जित

 

काठमाडौँ । यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा यूएईले नामिबियाविरुद्ध कीर्तिमानी एक विकेटको जित हासिल गरेको हो ।

 

नामिबियाले दिएको ३१४ रनको लक्ष्य पछाएको यूएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यूएईले एकदिवसीय क्रिकेटमा तीन सयभन्दा बढी रनको लक्ष्य चेज गरेर जित हासिल गरेको पहिलो पटक हो ।

 

यूएईको जितमा विष्णु सुकुमारणले ९७ र बसिल हमीदले ७१ रन बनाएका थिए । त्यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले माइकल भान लिंगेनको १०७ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ३१३ रन बनाएको थियो ।

 

यो जितपछि लिग-२ मा यूएईको ५ खेलमा २ अंक भएको छ । त्यस्तै नामिबियाको भने १० खेलमा ८ अंक रहेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस