• शनिबार-असोज-५-२०८१

राइड शेयरिङ कम्पनी 'इन्ड्राइभ'को यस्तो सम्मको लापरवाही, झन्डै लिएन पत्रकारको ज्या न

 

काठमाडौ, ४ असोज । इन्ड्राइभको लापरबाहीको कारण दुर्घटना हुँदा एक सञ्चारकर्मी घाइते भएका छन् । 

 

काभ्रे घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका लुभु बस्ने सञ्चारकर्मी क्षितिज सरगम(रिकेश) घाइते भएका हुन् । २०८१ असोज ३ गते शुक्रबार बिहान कार्यालय जाने बेलामा ढिला भएको कारण लुभु बसपार्कबाट उनले  ग्वार्को चोकसम्म जानको लागि इन्ड्राइभ बुक गरे । 

 

दुधलाल वाइबा नाम गरेको बा. ७५ प ७०० नम्बरको बाइकवालाबाट उक्त रिक्वेस्ट एक्सेप्ट भयो । बसपार्क छेउमै यात्रु कुरिरहेका दुधलालले सञ्चारकर्मी रिकेशलाई लिएर ग्वार्को तिर लागे । तर ६ मिटर पनि कट्न नपाइ बाइकको एक्सिलेटर बटारेर सिधै गाडी भएतिर ठोक्काउन पुगे । 

 

ब्रेक लगाउनु पर्ने बेलामा झन् एक्सिलेटर बटारेर उनले बाइक उछिट्याएर मुख्य सडकमा पुर्याए पछि बाइक पछाडि सवार सञ्चारकर्मी रिकेश उछिट्टिएर सडकमा बजारिन पुगे । तर चालक दुधलालले न त गल्ती स्वीकार गरे न त उपचारमा सहयोग नै । दुर्घटनाबाट रिकेशको दायाँ हातको छाला तछारिएर सुन्निएको छ भने तिघ्रामा चोट लागेको छ । त्यसरी बजारिदा उनको मोबाइलसमेत फुटेको छ ।


केही समयपछि इन्ड्राइभ चालक दुधलाल वाइबा त्यहाँबाट हिँडे । नेपालमा आफ्नो कार्यालय नभएको बताउँदै राइड शेयरिङ कम्पनी इन्ड्राइभले यस घटनाबारे एक्सन लिन्छौँ त भन्यो तर सहयोग गरेन ।

 

आजभोलि राइड शेयरिङ सेवा लिई यात्रुहरू आवतजावत गर्न सजिलो मान्छ्न् । तर, कस्ता चालकलाई सेवा दिन लगाउँने भन्ने यस राइड शेयरिङ कम्पनी 'इन्ड्राइभ' कुनै नियम छैन । लाइसेन्स भएकोको चालक छ कि छैन त्यो पनि अनुगमन गर्दैन । कमाउनको लागि यात्रुको ज्यानलाई जोखिममा पुर्याउने 'इन्ड्राइभ' कम्पनी र चालकप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

 

 

प्रतिकृया दिनुहोस